ब्यूरो-रिपोर्टरजेसिजलाई ग्रामिण स्तरसम्म विस्तार गर्नु आवश्यक छः मन्त्री यादव
विशिष्ट अतिथिहरूमध्ये नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास, जेसीआई सिनेटर सुरेन्द्र महतो तथा ५२ औं राष्ट्रिय महाअधिवेशन निर्देशक सुधिर पजियार उपस्थित रहेका थिए। उनीहरूले पनि अधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन सबै पक्षले आ–आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनका अनुसार, यो अधिवेशनले नेपाल जेसीजको प्रतिष्ठा मात्र बढाउने छैन, बरु यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











