सम्पादकियसम्पादकीय | हर्क साम्पाङ, जानकी मन्दिर र असहिष्णुताको राजनीति
नेपाल विविध धर्म, संस्कृति र विचारको साझा देश हो । यहाँ न धार्मिक आस्थाको अपमान स्वीकार्य हुन सक्छ, न विचारकै आधारमा बहिष्कारको संस्कृति । लोकतन्त्रको सुन्दरता असहमतिलाई व्यवस्थापन गर्ने क्षमतामा हुन्छ, प्रतिशोधमा होइन । हर्क साम्पाङ विवादले यही सन्देश पुनः स्मरण गराएको छ । अब आवश्यकता आरोप–प्रत्यारोपभन्दा बढी संयम, संवाद र कानुनी प्रक्रियाप्रतिको विश्वासको हो ।
२ महिना अगाडि · सम्पादकिय










