कमला बचाउ अभियानद्वारा ‘घर–घर कमला अभियान’ सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । कमला नदीको संरक्षण र धार्मिक–सांस्कृतिक महत्त्वलाई उजागर गर्ने उद्देश्यसहित कमला बचाउ अभियानले ‘घर–घर कमला अभियान’ सुरु गरेको छ। अभियान अन्तर्गत धनुषा र सिरहाका कमला छेउका प्रत्येक गाउँमा पुगेर हरेक शुक्रबार कार्यक्रम सञ्चालन गरिनेछ। अभियानमा कमला आरतीसहित कमलाको महिमा, कमल

२०८२ भदौ ६ शुक्रबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नदीको संरक्षण र धार्मिक–सांस्कृतिक महत्त्वलाई उजागर गर्ने उद्देश्यसहित कमला बचाउ अभियानले ‘घर–घर कमला अभियान’ सुरु गरेको छ।
अभियान अन्तर्गत धनुषा र सिरहाका कमला छेउका प्रत्येक गाउँमा पुगेर हरेक शुक्रबार कार्यक्रम सञ्चालन गरिनेछ। अभियानमा कमला आरतीसहित कमलाको महिमा, कमला पूजनको विधि र कमलालाई धार्मिक–सांस्कृतिक दृष्टिले व्याख्या गर्ने कार्य गरिने जनाइएको छ।
अभियानका अध्यक्ष विक्रम यादवले यो कार्यक्रम निरन्तर चल्ने प्रतिबद्धता व्यक्त गर्दै, हरेक शुक्रबार कुनै न कुनै गाउँमा अभियान सञ्चालन हुने जानकारी दिनुभयो। उहाँका अनुसार, स्थानीय बासिन्दा कमला नदीलाई कमलेश्वरी माताको रुपमा पूजाआजा गर्ने परम्परालाई पुनर्जीवित र सुदृढ बनाउन अभियानले महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
यसै गाथामा आधारित ‘घर–घर कमला अभियान’को पहिलो दिनको कार्यक्रममा कमला अभियानी तथा पर्यावरण अभियानी देवनारायण मण्डल प्रमुख अतिथि रहनुभएको थियो भने समाजसेवी रामशंकर यादवले अध्यक्षता गर्नुभएको थियो। कमला अभियानी किशोर मण्डलसहित अन्य अभियानीहरुले प्रथम दिन अभियानलाई बल पुरयाएका थिए ।
कार्यक्रममा टरिया, लक्कडलगायत क्षेत्रका सयौँ स्थानीयले सामूहिक रूपमा कमला पूजन गरी सहभागिता जनाएका थिए।
अभियानमार्फत कमला नदीको संरक्षण, वातावरणीय सन्तुलन र धार्मिक आस्थालाई जोडेर कमलालाई जीवनदायिनी नदीका रूपमा पुनर्स्थापित गर्ने लक्ष्य लिइएको आयोजकहरूले जनाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…