अध्ययन भिसामा नेपाल आएर कुरान भाषाको साथै मुस्लिम धर्म प्रचारमा लागेका तीन विदेशी पक्राउ
प्रहरी स्रोतका अनुसार, धर्म प्रचारको कामबापत उनीहरूले करिब २ करोड ५० लाख रुपैयाँ बुझ्ने गरेको पाइएको छ। पक्राउ परेकामध्ये एक जनाले पर्यटक भिसा र दुई जनाले अध्ययन भिसाको दुरुपयोग गरेको बताइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

२०८२ भदौ ५ बिहीबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । अध्यागमन विभागले भिसाको दुरुपयोग गरी शङ्कास्पद गतिविधिमा संलग्न तीन इन्डोनेसियाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र दुई पुरुष छन्। उनीहरूले पर्यटक र विद्यार्थी भिसामा नेपाल आएर धर्म प्रचारमा संलग्न भएको आरोप छ।
विभागका अनुसार, ती महिलाले ललितपुरको धोबीघाटस्थित ुहिमालय शिक्षा तथा हितेसी समाजु नामक संस्थाको गर्ल्स होस्टलमा इन्डोनेसियाली महिला शिक्षक राखेर टर्किस भाषा, कुरान र मुस्लिम धर्म प्रचार गरिरहेकी थिइन्।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी नागरिकको गतिविधिमाथि निरन्तर निगरानी भइरहेको र त्यसै क्रममा उनीहरू पक्राउ परेको बताए। उनीहरू सन् २०२४ देखि नै नेपालमा बसिरहेको पाइएको छ।
प्रहरी स्रोतका अनुसार, धर्म प्रचारको कामबापत उनीहरूले करिब २ करोड ५० लाख रुपैयाँ बुझ्ने गरेको पाइएको छ। पक्राउ परेकामध्ये एक जनाले पर्यटक भिसा र दुई जनाले अध्ययन भिसाको दुरुपयोग गरेको बताइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…