जनकपुरमा मानवबेचबिखन, बलात्कारसहित यौनधन्दा चलाएको आरोपमा एक जना पक्राउ
धनुषाका प्रहरी प्रमुख नरहरी रेग्मीका अनुसार, होटेलमा कम उमेरका किशोरीहरुलाई राखेर यौनधन्दा चलाएको आरोपमा राईनलाई पक्राउ गरिएको पुष्टि गरे । जानकारी अनुसार, राईनमाथि बलात्कारजन्य क्रियाकलाप, मानव बेचबिखनको मुद्दा समेत लागेको हो ।

२०८२ भदौ ७ शनिबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा यौनधन्दा चलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मुरलीचौक (विद्यापतिचौक) स्थित सँचालनमा रहेको होटल मधेश प्रदेशमा अन्डर एज (किशोरी) लाई राखेर यौनधन्दा चलाएको आरोपमा होटल सँचालक अजिज राईन पक्राउ परेका छन् ।
विगतदेखि नै होटलमा यौनधन्दा चलाएको आरोप खेप्दै आएका राईनमाथि मानव बेचबिखन र जबरदस्ती करणी क्रियाकलापमा सँलग्नको आरोप छ । विशेष सूचनाको आधारमा होटलमा छापामारी गरेपछि राईनलाई रँगेहात पक्राउ गरेको हो ।
धनुषाका प्रहरी प्रमुख नरहरी रेग्मीका अनुसार, होटेलमा कम उमेरका किशोरीहरुलाई राखेर यौनधन्दा चलाएको आरोपमा राईनलाई पक्राउ गरिएको पुष्टि गरे । जानकारी अनुसार, राईनमाथि बलात्कारजन्य क्रियाकलाप, मानव बेचबिखनको मुद्दा समेत लागेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेला घर भएका अजिज राईनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…