जेसिजलाई ग्रामिण स्तरसम्म विस्तार गर्नु आवश्यक छः मन्त्री यादव
विशिष्ट अतिथिहरूमध्ये नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास, जेसीआई सिनेटर सुरेन्द्र महतो तथा ५२ औं राष्ट्रिय महाअधिवेशन निर्देशक सुधिर पजियार उपस्थित रहेका थिए। उनीहरूले पनि अधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन सबै पक्षले आ–आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनका अनुसार, यो अधिवेशनले नेपाल जेसीजको प्रतिष्ठा मात्र बढाउने छैन, बरु यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

२०८२ भदौ ७ शनिबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सँजय यादवले नेपाल जेसिजलाई ग्रामिण स्तरसम्म विस्तारको आवश्यकता रहेको बताएका छन् ।
जनकपुरमा हुन लागेको नेपाल जेसिजको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित दर्शन अनावरण कार्यक्रमको क्रममा बोल्दै मन्त्री यादवले जेसिजको कार्यप्रति प्रसँसा जाहेर गरे ।
मन्त्री यादवले ५२ औं राष्ट्रिय महाअधिवेशन सफल होस् भन्ने शुभकामना दिंदै जेसीजले युवालाई नेतृत्व, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गरेको उल्लेख गरे।
जनकपुरको जानकी मन्दिर प्राँगनमा राखिएको सो कार्यक्रम मार्फत आगामी ५२ औं राष्ट्रिय महाअधिवेशनको लोगो अनावरण गरी औपचारिक रूपमा तयारीको शुभारम्भ गरिएको जनकपुर जेसिजका अध्यक्ष मुकेश साहले जानकारी दिए ।

जनकपुर जेसीजको आतिथ्यमा हुन लागेको यस अधिवेशनलाई ऐतिहासिक र सफल बनाउन जनकपुरधामको जानकी मन्दिर प्राङ्गणलाई साक्षी बनाइ शुक्रवार भव्य समारोह आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न स्तरका प्रमुख अतिथि, विशिष्ट अतिथि, पूर्व पदाधिकारी, स्थानीय सरोकारवाला, सदस्य तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रह्यो।
विशिष्ट अतिथिहरूमध्ये नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास, जेसीआई सिनेटर सुरेन्द्र महतो तथा ५२ औं राष्ट्रिय महाअधिवेशन निर्देशक सुधिर पजियार उपस्थित रहेका थिए। उनीहरूले पनि अधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन सबै पक्षले आ–आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनका अनुसार, यो अधिवेशनले नेपाल जेसीजको प्रतिष्ठा मात्र बढाउने छैन, बरु यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

जनकपुरधाममा सम्पन्न यस दर्शन अनावरण समारोहले जेसीजको आगामी यात्रालाई मात्र होइन, स्थानीय समाजमा युवाको भूमिका र योगदानलाई समेत सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…