ब्यूरो अपरेशनजनकपुर कपिलेश्वरकी प्रियंका दास मृत्यु प्रकरणः ४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार !
परिवारले विवाह भएको एक वर्ष नबित्दै प्रियंकामाथि श्रीमान् तथा परिवारका सदस्यबाट कुटपिट हुने गरेको आरोप लगाएको छ । ४ महिनाअघि श्रीमानले चक्कु प्रहार गर्दा प्रियंका घाइते भएको आफन्त राजगीर दासले बताए । उनका अनुसार घटनाबारे जानकारी पाएपछि आफन्तले प्रियंकालाई अस्पताल पुर्‍याएर उपचार गराएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय धनुषामा कुटपिटसम्बन्धी निवेदनसमेत दिइएको उनले बताए ।
२ दिन अगाडि · ब्यूरो अपरेशन











