
राजनीतिक विचार भिन्न हुन सक्छन्, तर समाधान संवाद, सहिष्णुता र सहकार्य बाट मात्र सम्भव हुन्छ । लोकतन्त्र बलियो बनाउन हिंसा होइन, आपसी समझदारी र समावेशी सहमति अपरिहार्य छ । बहुमतको सरकारले देखाइएको चाटुकदार रणनीति समयमै होस् पुर्याइएन भने ध्वस्त हुन बेर लाग्दैन ।
जसपा नेपालका अध्यक्ष मा।उपेन्द्र यादव ज्यूसॅग बैचारिक ( सांगाठनिक मतभिन्नता होला । तर, मधेश आन्दोलनका क्रममा भएका घटनालाई अहिले गैरराजनीतिक तबरले समाधान गर्न खोज्नु उपयुक्त होइन । गौर घटनालाई न्यायिक निकायबाट ब्यबस्थापन गर्न खोजिन्छ भने मधेश आन्दोलनका क्रममा राज्यबाट मारिएका सम्पूर्ण शहीदहरूका हत्यारा र तालुकदारहरूलाई पनि न्यायिक कठघरामा ल्याउनु पर्छ ।
कुरा माननीय उपेन्द्र यादव, मा. राजेन्द्र महतो, मा. महन्त ठाकुर, माननीय सिके राउत, तत्कालिन मा. संजय साह (टक्ला) को होईन । कुरा हो मधेश को, कुरा हो शक्ति प्रदर्शन को, कुरा हो हरेक मधेशी नागरिक को, कुरा हो मधेश र मधेशी लाई हेर्ने नजरिया को, उपेन्द्र यादव लाई फसाउन खोजिए को होईन कि मधेश लाई फसाउन खोजिदै छ ।
यसमा हरेक मधेशी जातिए संकिर्ण मानसिकता भन्दा माथि उठेर मधेश को लागि मा. उपेन्द्र यादव ज्यू को समर्थन मा हरेक मधेशी एक हुनु पर्छ । चाहे त्यो कुनै पार्टि को होस, भूमि अध्यादेश ले मधेश लाई मरूभूमि बनाउन मा अहम भूमिका खेल्नेछ, त्यसैले कुनै पनि शर्तमा भूमि अध्यादेश पास हुनु हुदैन । यदि कांग्रेस, एमाले वा अन्य कुनै पार्टिमा लागेका मधेश को कुनै पनि नेता ले भूमि अध्यादेश को समर्थन गर्छ भने त्यसलाई मधेश को जनता ले वहिस्कार गर्न सक्नु पर्छ । मधेश बनाउनु छ भने मधेश का हरेक सपूत जाग्नु पर्छ ।
“मुद्दामा संसदको चौथो ठूलो दलको सभापति लामिछाने लाई चार जिल्ला डुलाउदा अदालतले गरेको आदेश भनेर समर्थन गरेर सरकार लाई साना दललाई जे गरे पनि हुन्छ यिनिहरू आपसमा रिस गरेर बसेका छन् भन्ने लाग्यो अनि पालैपालो खान लाग्यो , सर्प र भ्यागुतो को कथा जस्तो , कुटिल चाल कस्तो हुन्छ अझै बुझेका छैनन्, माधव नेपाल ,रवि लामिछाने ,अब उपेन्द्र यादव ,त्यसपछि अमरेश सिंह ,त्यसपछि बालेन”
आज गौर घटनामा मधेश आन्दोलनकारीहरु माथी कारवाही हुन्छ भने भोलि राज्यद्रोहको विचाराधिन मुद्दामा जनमत पार्टीका नेता कार्यकर्ताहरुमाथी पनि कारवाहीको डण्डा राज्यले चलाउन सक्छ । राजनीतिक मुद्दालाई राजनीतिक तबरले समाधान गरिएन भने यो देशमा नयाँ पार्टी वा स(साना दल लाई पछि गएर खैरियत हुनेवाला छैन ।
मा. उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, मा. डा. सीके राउत नेतृत्वको जनमत पार्टी, मा।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, श्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, मा. हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा सबै मिलि लडनु पर्ने अवस्था देखिन्छ ।
गुमस्ता कुमार यादव
(संयोजक)
स्वतन्त्र मधेसी युवा संगठन
जनताको विकल्प : अबको प्रधानमन्त्री को ?
- २०८२ भदौ ५ बिहीबार
नेपालको राजनीतिक इतिहास फेरि निर्णायक मोडमा पुगेको छ। पछिल्ला दिनमा युवापुस्तामाझ चर्किएको 'Gen Z आन्दोलन (जेनजी आन्दोलन)' ले पुरानो सत्ता संरचनाको जरा हल्लाइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीपर्यन्त
पूरा पढ्नुहोस्