सिरहा विष्णुपुरमा लागुऔषधसहित तीन जना पक्राउ
लागुऔषधसहित सुनारलाई नियन्त्रणमा लिँदा उनका साथीहरू २९ वर्षीय विशाल गोले र ३८ वर्षीय इन्द्र सुनार समेत पक्राउ परेका छन्। पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि इप्रका विष्णुपुरमा राखिएको छ।

२०८२ भदौ ५ बिहीबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका–१ मा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
आज दिउँसो करिब १ बजेर १५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय (इप्रका) विष्णुपुरको टोलीले सिरहाबाट चौहर्वा तर्फ जाँदै गरेको यात्रुबाहक विइङगर ना.प्र.२–०१–००१ ज ००४३ लाई कार्यालय अगाडिनै रोकेर चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।
गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक प्र.व.ना.नि देवकृष्ण मरैता यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ निवासी ३८ वर्षीय दिनेश सुनारको पाइन्टको खल्तीबाट प्लास्टिकमा प्याक गरिएको ७ ग्राम ३१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध बरामद गरेको जनाएको छ।
लागुऔषधसहित सुनारलाई नियन्त्रणमा लिँदा उनका साथीहरू २९ वर्षीय विशाल गोले र ३८ वर्षीय इन्द्र सुनार समेत पक्राउ परेका छन्। पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि इप्रका विष्णुपुरमा राखिएको छ।
प्रहरीका अनुसार बरामद लागुऔषधसहित पक्राउ परेकाहरूमाथि म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…