गौर हत्याकाण्डको विरोधमा सर्वदलीय आन्दोलनको घोषणा
नेकपा (एस) का नेता रेवन्त झाले मधेशलाई नेतृत्वविहीन बनाउन सरकारले नियोजित षड्यन्त्र गरेको दाबी गरे। लोसपा नेता अनिल सिंहले मधेशी जनताको अधिकार र पहिचानको आन्दोलनलाई कमजोर पार्ने सरकारी प्रयास भएको आरोप लगाए।

२०८२ भदौ ५ बिहीबार, राति ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि रौतहटमा सत्तापक्ष र विपक्षी दलहरू एकजुट भएर आन्दोलन गर्ने भएका छन्।
जसपा नेपाल, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (एस), लोसपा लगायतका दलले गौरमा बसेको सर्वदलीय बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
२०६३ चैत ७ मा गौर राइस मिलमा मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच भएको झडपमा २७ जनाको हत्या भएको थियो। सर्वोच्चले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न आदेश दिएपछि दलहरूले सरकारले मधेश आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्।
बैठकले शनिबार मसाल जुलुस र आइतबार बृहत् शक्ति प्रदर्शन गर्ने निर्णय गरेको जसपा नेपालका नेता श्याम विहारी यादवले बताए। रौतहटका चारवटै क्षेत्रमा प्रचार–प्रसारका लागि टोली गठन गरिएको छ।
नेकपा (एस) का नेता रेवन्त झाले मधेशलाई नेतृत्वविहीन बनाउन सरकारले नियोजित षड्यन्त्र गरेको दाबी गरे। लोसपा नेता अनिल सिंहले मधेशी जनताको अधिकार र पहिचानको आन्दोलनलाई कमजोर पार्ने सरकारी प्रयास भएको आरोप लगाए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…