प्रमुख समाचारजनकपुरको सुरक्षा अस्पतालमा महिलाको मृत्यूपछि डाक्टरहरु फरार, अदालत जाँदै पीडित परिवार
गत बुधबार कपिलेश्वरकी सोनिया पाठेघरको शल्यक्रिया गराउन अस्पताल भर्ना भएकी थिइन् । सोनियाको शुक्रबार अस्पतालमै मृत्यु भएको थियो । उनको मृत्यु भएपछि परिवारजनले अस्पताल अगाडि शव राखेर प्रदर्शन गरेका थिए । त्यसपछि प्रशासनले अस्पतालमा तालाबन्दी गरेको थियो । सोनियाको मृत्यु भएपछि अस्पताल प्रशासनसहित चिकित्सकहरु फरार भएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार








