जनकपुरबाट अयोध्या जाने भनिएको रेल गाडी रद्द !
रेल सेवा रद्द भएको बारेमा नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झासँग सम्पर्क हुन सकेनन् । उनले मोबाईल अफ गरेर राखेका छन् । दिउँसैदेखि भारतबाट आउने रेल जनकपुरबाट यात्रु लिएर अयोध्या जाने कार्यक्रम तय भएको थियो ।

२०८० माघ ६ शनिबार, बेलुकी ६:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामबाट श्रद्धालु बोकेर अयोध्या जाने तरखरमा रहेको रेल सेवा रद्द भएको छ ।
भारत अयोध्याको सुरक्षा सँयन्त्रले रेलबाट श्रद्धालु ल्याउन अनुमति नदिएपछि जनकपुरबाट भोली विहान ६ बजे अयोध्याको लागि प्रस्थान हुने भनिएको रेल सेवा रद्द भएको जनाईएको छ ।
भाडादर समेत तय गरी टिकटहरु समेत काटिसकेको अवस्थामा अन्तिम समयमा अयोध्याबाट सुरक्षा सँयन्त्रले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि रेल सेवा रद्द भएको हो ।
रेल सेवा रद्द भएको बारेमा नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झासँग सम्पर्क हुन सकेनन् । उनले मोबाईल अफ गरेर राखेका छन् । दिउँसैदेखि भारतबाट आउने रेल जनकपुरबाट यात्रु लिएर अयोध्या जाने कार्यक्रम तय भएको थियो ।
भाडादर साधारणको १ हजार, एसी ३ को २ हजार र एस्सी २ को ३ हजार रुपैयाँ तय गरिएको थियो । रेल अयोध्यासम्म जाने भएपछि जनकपुरका यात्रुहरु उत्साहित भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…