भारतको राजनीति

रामायणका 'राम' पनि मोदीको BJP पार्टीमा

यसबाहेक स्वर्गी दारा सिँह जो की हनुमानको भूमिका निर्वाह गरेका थिए र रावणको भूमिका निर्वाह गरेका अरविंद त्रिवेदी भी राजनीतिमा उत्रीसकेका पात्र हुन् ।

२०७७ चैत ६ शुक्रबार
बिहान ०८:२६ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, दिल्ली । विश्व चर्चित 'रामायण' मा भगवान रामको अभिनय गरेका चर्चित अभिनेता अरुण गोविल पनि मोदी नेतृत्वको भारतीय जनता पार्टी (विजेपी-BJP) मा प्रवेश गरेका छन् । 

रामायण सिरियलबाट चर्चामा आएका अभिनेता अरुण गोविल विहिबार बिजेपीमा प्रवेश गरेका हुन् । 'रामानन्द सागर' को सिरियल रामायणमा उनले भगवान रामको भूमिका निर्वाह गरेका हुन् । 

अरुण गोविलले भाजपाको दिल्ली स्थित पार्टी कार्यालयमा पार्टीको सदस्यता ग्रहण गरेका हुन् । विजेपीका राष्ट्रिय सदस्य महासचिव अरुण सिँहको विशेष उपस्थितिमा उनले विजेपीको पार्टी सदस्यता ग्रहण गरेका हुन् । 

बिजेपीमा प्रवेश गरेपछि अभिनेता अरुण गोविलले भने, –“यो समय जुन हाम्रो कर्तव्य छ, त्यो गर्नुपर्दछ । मलाई राजनीतिक यो अघि बुझ्नमा आएको थिएन, तर जब मोदी जी यो देशलाई सम्हाल्न थाल्नुभयो, तबदेखि यो देशको परिभाषा नै बदलिएको छ । मेरो मुटु र दिमागमा जे हुन्छ, त्यो गरिदिन्छ ।”

आफू देशलाई योग्दान दिन चाहेको भन्दै उनले यसको लागि आवश्यक पर्ने मँचको आवश्यकता औल्याउँदै बिजेपी सबभन्दा राम्रो मँच रहेको बताए । उनले भने,–“मैले हेरे की ममता बनर्जीलाई जय श्री रामको नाराले एलर्जी भयो, जय श्री राम केवल एक मात्र नारा होईन ।”

५ राज्यहरुमा हुने विधानसभा चुनावको बीच अभिनेता अरुण गोविलले बिजेपीमा विशेष एन्ट्री हानेका छन् । यद्यपी, पार्टीमा अरुण गोविलको जिम्मेवारी के हुनेछ भने अझै स्पष्ट भएको छैन् । 

अरुण गोविल एक विश्व चर्चित अभिनेता रहेका छन् । सदस्यता लिए लगत्तै उनी बिजेपीबाट विधानसभाको चुनाव समेत लडन सक्ने अनुमान गरिएको छ । यद्यपी, यसबारे पार्टी वा अरुण गोविलको तर्फबाट कुनै प्रकारको बयान भने आएको छैनन् । 

ज्ञातव्य छ, अरुण गोविल अघि रामायण सिरियलका अन्य कालााकारहरु पनि राजनीतिमा आएका छन् । यसअघि रामायणमा सीताकी भूमिका निर्वाह गरेकी अभिनेत्री दिपीका चिखलिया पनि बिजेपीको टिकटमा दुई पटक चुनाव समेत लडीसकेकी छन् । 

यसबाहेक स्वर्गी दारा सिँह जो की हनुमानको भूमिका निर्वाह गरेका थिए र रावणको भूमिका निर्वाह गरेका अरविंद त्रिवेदी भी राजनीतिमा उत्रीसकेका पात्र हुन् । 

भारत र नेपालमा अरुण गोविललाई रामायणको महानायक भगवान रामको दर्जा दिएर सम्मान गर्ने गरिन्छ । खास गरी भारत जस्तो देशमा अरुण गोविललाई भगवान रामको दर्जा दिएरै हेर्ने गरिएको छ । 

भारतको राजनीतिमा रामायण सिरियलले धेरै ठुलो भूमिका निर्वाह गरेको छ । अरुण गोविल पनि बिजेपीमा सामेल हुनु भनेको मोदीको पार्टीको लागि एक थप स्टार लागेको हो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७७ चैत ६ शुक्रबार

Bureau Menus