नेपाल रजक सेवा समाज द्वारा आर्थिक सहयोग
न्यूज ब्यूरो, मलेसिया । वैदेशिक रोजागारीको शिलशिलामा मलेसियामा मृत्यू भएका एक पीडित परिवारलाई रजक सेवा समाजले आर्थिक सहयोग गरेको छ । प्रदेश नं. २ सिराहा जिल्लाको स्थित जानकिनगर नगरपालिका वडा नं. ७ श्रीपुर निवासी कामेश्वर साफी आफ्नो पारिवारिक जीवन सहज बनाउने उदेश्यले मलेशिया जादा अचानक बिदेश मै मृत्य

२०७६ असोज ४ शनिबार, बिहान ११:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मलेसिया । वैदेशिक रोजागारीको शिलशिलामा मलेसियामा मृत्यू भएका एक पीडित परिवारलाई रजक सेवा समाजले आर्थिक सहयोग गरेको छ ।
प्रदेश नं. २ सिराहा जिल्लाको स्थित जानकिनगर नगरपालिका वडा नं. ७ श्रीपुर निवासी कामेश्वर साफी आफ्नो पारिवारिक जीवन सहज बनाउने उदेश्यले मलेशिया जादा अचानक बिदेश मै मृत्यू भएपछि उनको परिवारलाई जीवन सहज हेतु आर्थिक सहयोग गरेको हो ।
मृतक साफीको परिवारमा तीन छोराछोरीका साथै श्रीमती रहेको छ । अभिभावक गुमाएको पिडाले चिन्तित तथा दुस्ख को बेला रजक समाज ले नगद रु. २५ हजार आर्थिक सहयोग गरेको हो । गाउँका भद्रभलादमी तथा जातिय अगुवा (माइन्जन) र समाज सेवीहरुको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको जनाइएको छ । रकम हस्तान्तरण गर्दै समाजका उदेश्य प्रती अगुवाहरुले लक्षित आ आफ्नो मन्तव्य समेत राखेका थिए ।
समाज ले गरिब तथा बिपन्न परिवार लाई सेवा र सहयोग का साथ बालविवाह , दहेजप्रथा,महिला शोषण, घरेलु हिंसा अन्त्य गर्ने तथा सामाजिक बिकृति बिरुद्द जनचेतना मुलक कार्यक्रम जस्ता रजक समाजको उदेश्य रहेको छ । रजक समाज हाल साउदी कतार दुबई मलेशिया नेपाल भारत लगायत देश हरुमा क्रियाशिल रहेकोछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…