खेतमा गोरु सम्हाल्ने किसानले भ्रष्ट सरकारलाई सम्हाल्न सक्छ : जनमत पार्टी
उनले मधेशमा अब जनमतको कुनै अर्को विकल्प नरहेको बताए ।

२०७७ पुस ५ आइतबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, अमेरिका । काठमान्डौंमा आन्दोलनरत रहेका सर्लाहीका उँखु किसानहरुको समर्थनमा अमेरिकामा प्रदर्शन गरिएको छ ।
गैर आवासीय मधेशी सँघ र जनमत पार्टी विदेश विभागका नेता तथा कार्यकर्ताले अमेरिकाको व्हाइट हाउस वासिँगटन डिसी अगाडी प्रदर्शन गरेका छन् । उँखु किसानको समर्थन गर्दै उनीहरुले किसानको भुक्तानी गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय समितिका उपाध्यक्ष एवम् अमेरिका समितिका अध्यक्ष ईन्द्रजीत यादवको अगुवाईमा किसानको माग पूरा गर्न अमेरिकामा प्रदर्शन गरेको हो ।
प्रदर्शन गर्दै उनीहरुले किसानको लागि पनि एक लडाईको आवश्यकता रहेको बताएका छन् । किसानहरुले मधेशीहरुको हकहितको लागि लडेको लडाई अविस्मरणीय रहेको बताउँदै उनीहरुको लागि पनि लडाईको आवश्यकता रहेको बताएका छन् ।
यादवले भने, “जो किसान खेतमा गोरुलाई नियन्त्रण गर्न सक्छ, त्यही किसान भ्रष्ट सरकारलाई जसरी पनि नियन्त्रण गर्न सक्छ । अहिले उनीहरुलाई हामी सबैको साथको आवश्यकता छ । हामी एकजुट भएर किसानको लागि लडौं ।”
किसान देशको लागि अन्नदाता भएर खुवाउँदै आएपनि उनलाई साथ दिने कमै जना रहेको भन्दै जहाँबाट भएपनि साथ दिन आग्रह गरेका छन् । उनले भने, सरकारसँग मधेशका किसान भिख माग्न गएका होईनन्, आफ्नो अधिकार माग्न गएका छन् । कुनै कर्जा र ऋण माग्न गएका होईनन्, सरकारले चिनी मिलका मालिकलाई कारवाहीको दायरामा ल्याउनैपर्छ ।
उनले प्रदेश नं. २ का सरकारमाथि व्यँग हान्दै आफ्नै सिक्का खोटा रहेको उदृत गर्दै अरुलाई के दोष दिनु भनेर बताए । उनले जनमत पार्टीको नेतृत्व आए किसानको यस्तो हालात कहिले पनि नआउने जिकिर गरे । उनले मधेशमा अब जनमतको कुनै अर्को विकल्प नरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…