दहेजको राक्षसी रुप : दाईजोमा सुत्ने खाट नल्याउँदा निशाको हत्या !
निष्पक्ष ढंगबाट पोष्टमार्टम गरेर दोषिलाई कानुनी दायरामा ल्याएमा मात्रै निशाले न्याय पाउने उनले बताइन् ।

२०७६ बैशाख १५ आइतबार, राति ९:३६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । दाईजोमा सुत्ने खाट नल्याएको निहुँमा रौतहटमा एक बुहारीको हत्या गरिएको आरोप उनको माईती पक्षले लगाएको छ ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ३ चण्डीहा गाउँ बस्ने बर्ष २४ को विवेक तिवारीको २२ बर्षिया श्रीमती निशा उपाध्याय तिवारीलाई दाईजोको निहुँमा चरम यातना दिई हत्या गरेर आत्महत्या बनाउन पासोमा झुण्डयाइएको आरोप माईती पक्षका दाई दिलिप उपाध्यायले लगाएको हो ।
गढीमाई नगरपालिका वडा नम्वर ५ मदनपुरका रामबाबु उपाध्यायको भतिजी निशाको राजदेवी नपा चण्डिहा बस्ने विरेन्द्र तिवारीको छोरा विवेक संग २०७३ साल फागुन २२ गते मागी विहे समाजिक परमपरा अनुसार भएका थिए ।
विहेमा नगद ८ लाख, मोटरसाइकल, टिभी, दराज लगायतका सामानहरु दिएपनि सुत्नका लागि खाँट नदिदा ज्वाईले पटक पटक बहिनीलाई प्रताडित गर्दै यातना दिएको मृतक निशाको भाउजु रेखा तिवारीले बताईन् ।
एक महिना अघि माईती घरबाट ससुराली गएको नन्दको श्रीमानले तिमीलाई सुत्न खाँट नदिएको हुँदा भुइमै सुत भनेर पटक पटक मानसिक एवं शारिरीक यातना दिएको कुरा बताउदा सवै ठिक भईहाल्छ यो कुरा बाहिर लग्यो भने समाजमा धेरै नराम्रो असर पर्छ भन्दै नन्दलाई सान्त्वना दिदै ससुराली पठाएको तर हिजो विहान १० बजेनै उनको हत्या गरियो हामीलाई कुनै जानकारी नगराएको उनले भनिन ।
छिमेकीबाट कुरा थाहा पाएपछि प्रहरीलाई खवर गर्दा बल्ल शव गौर स्थित जिल्ला अस्पतालमा ल्याएको मृतकको भाउजु रेखाले दुखेसो पोखिन ।
छोरी निशालाई जेठानी सोनी तिवारी, श्रीमान विवेक र ससुरा विरेन्द्र मिलेर हत्या गरेको आरोप लगाउदै आमा पार्वती देवीले हत्याराहरुलाई हदै सम्म कारवाही गर्न सम्बन्धित निकाय संग माग गरिन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…