तरुण दल सिरहाका पूर्व उपाध्यक्षलाई कालोमोसो
नेपाली कांग्रेसका नेता नरेश यादवले सरद राजा साहिलाई उसकाएर भाडभैलो गर्न लगाउने गरेको आरोप तरुणदलका युवाहरुले लगाएका हुन । यस्तो कार्य नसुध्रिए अव पूर्व साँसद नरेश यादवलाई कालोमसो दल्ने चेतावनी समेत दिएको हो ।

२०८१ जेठ २६ शनिबार, दिउँसो २:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेस पार्टी निकट भातृ सँगठन तरुण दल सिरहा जिल्ला कार्य समितिका पूर्व उपाध्यक्षलाई कालोमोसो दलिएको छ ।
नेपाल तरुणदल सिरहा जिल्ला कार्यसमिति सिरहाका युवाहरुले नेपाल तरुणदलका पुर्व उपाध्यक्ष सरदराजा साहीलाई शनिबार दिउँसो कालो मोसो दलेको हो ।
नेपाली कांग्रेस सिरहामा पार्टी भित्र नै केही बिचौलिया नेताहरुको उसकाहटमा सरद राज साहिले गुटबन्दी गर्दै,पार्टीलाई भारभैलो गर्ने, चुनाबको समयमा विपक्षीलाई समर्थ गर्ने भएको आरोप लगाउँदै तरुणदलका युवाहरुले कालोमोसो दलेका हुन ।
नेपाली कांग्रेसका नेता नरेश यादवले सरद राजा साहिलाई उसकाएर भाडभैलो गर्न लगाउने गरेको आरोप तरुणदलका युवाहरुले लगाएका हुन । यस्तो कार्य नसुध्रिए अव पूर्व साँसद नरेश यादवलाई कालोमसो दल्ने चेतावनी समेत दिएको हो ।
नेपाली कांग्रेसकाको बिधान अनुसार भन्दा पनि बाहिर गएर आफ्नो मनमर्जी गरेकोले कालोमसो दलेका हुन । सो कालो मोसो नेपाल तरुणदल सिरहा जिल्ला कार्यसमितिले दलेका हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…