प्रदेश २ का यी ४ नेतालाई माओवादी केन्द्रले गर्यो पदमुक्त
माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरु थिए भने ४ जना कारबाहीमा परेपछि अब ७ जना प्रदेशसभा सदस्यहरु मात्रै छन् ।

२०७७ चैत ३० सोमबार, बिहान ११:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का ४ नेतालाई नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले पदमुक्त गरेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको हो ।
माओवादी केन्द्रका रामचन्द्र मण्डल, कुन्दन प्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई कारवाही स्वरुप पदमुक्त गरिएको हो । उनीहरु ओली नेतृत्वको नेकपा एमालेमा लागेपछि माओवादी केन्द्रले चारैजना प्रदेशसभा सदस्यहरुलाई कारबाही स्वरुप पदमुक्त गरेको हो ।
माओवादी केन्द्र प्रदेश २ को संसदीय दलका नेता भरत साहका अनुसार, चारैजना प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाई सकिएको हो ।
चारै जना नेकपा एमाले तर्फ लागेपछि पार्टी केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिनभनिएपनि नदिएपछि उनीहरुलाई पदमुक्त गरिएको संसदीय दलका नेता साहले बताए ।
माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरु थिए भने ४ जना कारबाहीमा परेपछि अब ७ जना प्रदेशसभा सदस्यहरु मात्रै छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…