गाउँ / समाजलहानका उपमेयर चलित्तरविरुद्ध उजुरी
मेयर चौधरीले निवेदन बोर्ड बैठकमा पेश गर्न प्रमुख प्रशासकीय अधिकृतलाई तोकादेश गरेका छन् । उपमेयर महतोले २०८१ साउन ३० मा दुई लाख ५१ हजार ४३० रुपैयाँ बराबरको डेढ तोला सुन किनेको विक्रेता सारडाले निवेदनमा उल्लेख गरेका छन् । सुनवापतको रकम ४÷५ दिनभित्रै तिर्ने भनेको र हालसम्म नतिरेकाले सोबापतको रकम उपमेयर महतोबाट उपलब्ध गराइदिन सुन व्यवसायी सारडाले मेयर चौधरीसँग अनुरोध गरेका छन् ।
१ वर्ष अगाडि · गाउँ / समाज











