Close This

लहानका उपमेयर चलित्तरविरुद्ध उजुरी

२०८२ असार १६ सोमबार
बिहान ०९:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  सिरहाको लहान नगरपालिकामा पटकपटक मेयर र उपमेयरबीचमा मतभिन्नताका घटनाहरु चुलिँदै गएको सन्दर्भमा उपमेयरविरुद्ध मेयर समक्ष एक सुन व्यवसायीले उजुरी दिएका छन् ।

सुन व्यवसायी राजाराम सारडाले उपमेयर रामचलितर महतोले सुन किनेको भन्दै सो वापतको रकम भुक्तानीका लागि मेयरलाई गुहारेका छन् । लहान नगरपालिका– ७ स्थित विकास ट्रेडर्सका सञ्चालक सारडाले उपमेयर महतोले किनेको सुनबापतको रकम भुक्तानी नगरेको भन्दै मेयर महेश चौधरीसमक्ष उजुरी दिएका छन् ।

मेयर चौधरीले निवेदन बोर्ड बैठकमा पेश गर्न प्रमुख प्रशासकीय अधिकृतलाई तोकादेश गरेका छन् । उपमेयर महतोले २०८१ साउन ३० मा दुई लाख ५१ हजार ४३० रुपैयाँ बराबरको डेढ तोला सुन किनेको विक्रेता सारडाले निवेदनमा उल्लेख गरेका छन् । सुनवापतको रकम ४÷५ दिनभित्रै तिर्ने भनेको र हालसम्म नतिरेकाले सोबापतको रकम उपमेयर महतोबाट उपलब्ध गराइदिन सुन व्यवसायी सारडाले मेयर चौधरीसँग अनुरोध गरेका छन् ।

उपमेयर महतोले भने विकास ट्रेडर्सबाट आफूले सुन नकिनेको दाबी गरेका छन् । उनले आफूलाई जनतामा बदनाम गराउने नियतले यस्तो हर्कत गरेको भन्दै आक्रोशित भए । उपमेयर महतोले भने, ‘ विकाश ट्रेडर्स विकास सारडाको हो । मेयरकै योजनाअनुरुप मलाई बदनाम गर्न निवेदन दिन लगाएको हुनसक्छ । मैले सुन किनेकै छैन । यदि किनेको छु भने मेरो हस्ताक्षरसहितको बिल सार्वजनिक गरियोस् ।’

मेयर चौधरी कांग्रेसबाट निर्वाचित भएका छन् भने उपमेयर महतो जसपा नेपालबाट निर्वाचित भएका छन् । जसकारण उनीहरुबीच मतभिन्नता रहँदै आएको छ । एकले अर्काविरुद्ध विवाद सृजना गरिरहँदा यहाँका स्थानीय नागरिक अन्योलमा पर्दै आएका छन् । सोहीक्रममा उपमेयर महतोको ‘सुन खरिद काण्ड’ सार्वजनिक भएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रहेनन् नेपाली चलचित्रका वरिष्ठ अभिनेता 'सुनिल थापा'

  • २०८२ असार १६ सोमबार

काठमाडौं। वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल

पूरा पढ्नुहोस्

Bureau Menus