कमला नगरपालिकामा प्रथम पटक रक्तदान कार्यक्रम हुँदै
रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई रक्त दिन आग्रह गरिएको हो । कमला नगरपालिकाका युवाहरुले रक्तदान गरी मानव सेवामा सहभागी हुन आग्रह गरिएको छ । ४५ किलो तौल भएको स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्ने बताईएको छ ।

२०८१ असार १५ शनिबार, दिउँसो ४:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा प्रथम पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कमला नगरपालिका धनुषा र युएसएआईडी एआरएस परियोजना अन्तर्गत आसपान नेपालको समन्वयमा आईतबार बिहान ८ः०० बजेदेखि नगरपालिकाको प्राँगनमै वृहत रक्तदान कार्यक्रम आयोजन गरिएको स्वास्थ्य शाखा प्रमुख रामकुमार ठाकुरले जानकारी दिए ।
भोली आईतबार हुन लागेको किशोरकिशोरी सम्मेलनको अवसरमा बिहानदेखि रक्तदान कार्यक्रम समेत राखिएको ठाकुरले बताए । उनका अनुसार, नगरपालिकाको समन्वयमा प्रथम पटक रक्तदान कार्यक्रम हुन लागेको हो ।
रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई रक्त दिन आग्रह गरिएको हो । कमला नगरपालिकाका युवाहरुले रक्तदान गरी मानव सेवामा सहभागी हुन आग्रह गरिएको छ । ४५ किलो तौल भएको स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्ने बताईएको छ ।
रगत दिँदा कमजोरी हुने, रगतको कमी हुने अफवाहमा ध्यान नदिई रक्त दिएपछि शरिरमा नयाँ रक्त निर्माण शिघ्र हुने बताईएको छ । रगत साफ भएपछि विभिन्न प्रकारको रोगहरु नलाग्ने बताईन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…