अरिंगालले लियो बालकको ज्यान !
अस्पताल लैजाने क्रममा बाटौमै ज्यान गएको छिमेकी मधुसुदन ज्ञवालीले जानकारी दिए ।

२०७६ असोज ५ आइतबार, बेलुकी ५:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । अरिंगालले टोक्दा गुल्मीमा एक बालकको ज्यान गएको छ ।
आईतबार बिहान विद्यालय जाने क्रममा बाटोमा बाँदरले अरिङ्गाललाई जिस्काउँदा तितर बितर भएका अरिङ्गाल टोक्दा रुरु गाँउपालिका १ गुल्मीका १२ वर्षीय पवन अधिकारीको ज्यान गएको हो ।
अरिङ्गालले टोकेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि पाल्पामा रहेको युनाइटेड मिशन अस्पताल लैजाने क्रममा बाटौमै ज्यान गएको छिमेकी मधुसुदन ज्ञवालीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…