
न्यूज ब्यूरो, सिरहा । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, भन्ने नाराका साथ सुरु भएको आठौं अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा रोमन फुटबल क्लब, सर्लाहीले पेमा युवा फुटबल क्लब, विराटनगर लाई ४(१ को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
उद्घाटन खेललाइ सम्बोधन गर्दै, नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज तथा पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठले खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
मधेश प्रदेशका खेलाडीहरूले हालैका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले नेपाललाई खेलकुदमार्फत विश्वसामु परिचित गराउने आवश्यकता रहेकोमा जोड दिए। साथै, स्थानीय, प्रदेश तथा संघीय सरकारलाई खेलकुद प्रवर्द्धनमा ध्यान दिन आग्रह गर्दै मन्त्री श्रेष्ठले खेलकुदको विकासले युवा पुस्तालाई अनुशासित र स्वस्थ बनाउन टेवा पुर्याउने बताए।
रोमन फुटबल क्लबका कपिल मगर (जर्सी नं–७) ले खेलको २२औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफमा उनले थप एक गोल गर्दै,म्यान अफ द म्याच घोषित भए। त्यस्तै, रोशन क्षेत्री (जर्सी नं(११) र विशाल योन्जन ९जर्सी नं(१५० ले एक(एक गोल गर्दै टिमको जित सुनिश्चित गरे।पेमा युवा फुटबल क्लबका तर्फबाट इश्वर खवास (जर्सी नं–३) ले एक मात्र सान्त्वना गोल गरेका थिए।
प्रतियोगिताको पहिलो विजेता टिमलाई ४ लाख १ हजार रुपैयाँ नगद, दोस्रो स्थान हासिल गर्ने टिमलाई २ लाख १ हजार रुपैयाँ, साथै दुवै टिमलाई प्रमाणपत्र र मेडल प्रदान गरिने नगर प्रवक्ता सञ्जित लामाले जानकारी दिए।
उद्घाटन खेलमा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ, उप–प्रमुख मान्ती देवी साह, शिक्षा शाखा प्रमुख अन्नत कुमार पौडयाल, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवान, सशस्त्र प्रहरी बल सिरहाका एसपी नरेश भण्डारी, नेपाली सेना, जनप्रतिनिधि तथा अन्य सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।भोलीको खेल चात्यसा फुटबल कल्व ,दमक(झापा र मनोहरा एकीकृत युबा कल्व,काठमाडौं बीच हुने आयोजकले जान्कारी दिए ।
जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ
- २०८१ चैत १६ आइतबार
सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ । हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने
पूरा पढ्नुहोस्