मनि ट्रान्सफर संचालक उपर दिनदहाडै छुरा प्रहार !
चन्दन रौनियार, सुनसरी । पुर्वकै एक विकसीत सहर सुनसरी जिल्लाको इटहरीमा एक मनि ट्रान्सफर सँचालक उपर दिनदहाडै छुरा प्रहार गरिएको छ । इटहरीको मुख्य र व्यस्त बजार क्षेत्रमै रहेको एक मनी ट्रान्सफर सेन्टरका सञ्चालकलाई छुरा प्रहार गरी लुटपाट गरिएको छ । इटहरीको मुख्य चौक क्षेत्रको विराटनगर लाइनमा रहेको एक्टि

२०७५ मंसिर १२ बुधबार, राति ८:०३ बजे१ मिनेट पढाइ

चन्दन रौनियार, सुनसरी । पुर्वकै एक विकसीत सहर सुनसरी जिल्लाको इटहरीमा एक मनि ट्रान्सफर सँचालक उपर दिनदहाडै छुरा प्रहार गरिएको छ ।
इटहरीको मुख्य र व्यस्त बजार क्षेत्रमै रहेको एक मनी ट्रान्सफर सेन्टरका सञ्चालकलाई छुरा प्रहार गरी लुटपाट गरिएको छ ।
इटहरीको मुख्य चौक क्षेत्रको विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफर सेन्टरका संञ्चालक सविन दाहाललाई मुखमा पट्टी बाँधी आएको लुटेराले छुरा प्रहार गरी रकम लुटपाट गरी भागेका हुन् ।
मनी ट्रान्सफर लुटने क्रममा सञ्चालक दाहाल र लुटेराविच केही समय सम्म घम्साघम्सी भएको र लुटेराले छुरा प्रहार गरेर लुटको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
घाईते दाहाललाई उपचारका लागि धरान स्थित विपी कोर्इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको तथा घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…