खेल / खेलाडीकमला नगरपालिकामा कमला क्रिकेट लिग हुँदै, आजदेखि टीम दर्ता सुरु
प्रथम बिजेतालाई ठुलो कपसहित मेडल, २५ हजार रुपैयाँको नगद पुरस्कार तथा दोस्रो हुनेलाई १० हजार नगद, कप र मेडलको व्यवस्था गरिएको छ । म्याचमा म्यान अफ दी म्याच, म्यान अफ दी लिग, बेस्ट स्पीनर, बेस्ट योरर्कर, वेस्ट बलर र बेस्ट ब्याटरलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक युवा सँजालका अध्यक्ष बिमलेश यादवले जानकारी दिए । नरहा युवा क्लबले समेत सो टुर्नामेन्टमा सहयोग गर्ने भएको छ । यस्तै विभिन्न कम्पनीहरुको सहयोगमा आउँदो असार २० गतेदेखि म्याच सुरु हुने जनाइएको छ ।
१ वर्ष अगाडि · खेल / खेलाडी











