धनुषाको खजुरीमा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटलब टुर्नामेन्ट सुरु हुँदै

२०७९ फाल्गुण १ सोमबार
बिहान १०:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको खेलाडी गाउँ भनेर चिनिने धनुषाको खजुरीमा आजदेखि फुटबल टुर्नामेन्ट सुरु हुने भएको छ । 

पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीस्थित वडाध्यक्ष फुटबल कप आजदेखि सुरु हुने भएको छ । 

जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा आज दिउँसो २ बजेदेखि सुरु हुने दोस्रो वडाध्यक्ष कप फागुन ८ गतेसम्म चल्ने भएको छ । 

महावीर स्पोर्टस क्लब खजुरीको समन्वयमा आजोजना हुन लागेको  वडाध्यक्ष फुटबल कपमा जम्मा ८ ओटा फुटबल टिम सहभागी हुने आयोजक समितिले जनाएको छ । 

सो कपमा बेँगाडाब, खजुरी, मणिमण्डप जनकपुर, गोदार, महेन्द्रनगर, सीतापुर, धनुषाधाम र धारापानी टिम भिडने भएको छ । 

कपको लागि प्रथम बिजेतालाई ३१ हजार नगद तथा उपविजेता टिमलाई २१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल, सम्मानपत्र समेत प्रदान गरिने वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादवले जानकारी दिए । 

आज सोमबार खेलको उदघाटन दिउँसो २ बजे हुनेछ । उदघाटनसहित खेल खेलाउने पुरै तयारी भईसकेको  आयोजक समितिले जनाएको छ । 
 

  • 0%
  • 33%
  • 0%
  • 33%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७९ फाल्गुण १ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus