NPL दोस्रो सिजनको अक्सन जारी, अहिलेसम्म ११ जना खेलाडी बिक्री, जनकपुर बोल्टसमा सचिन

२०८२ श्रावण २५ शनिबार
बेलुकी ७:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, २४ साउन । नेपाल प्रिमियर लिग सिजन २ का लागि आज खेलाडीहरुको अक्सन सुरु भएको छ । जारी रहेको अक्सनमा अहिलेसम्म ए क्याटेगोरीको लागि ११ जना खेलाडी विक्री भएको छन् । 

विभिन्न टिममा अनुबन्ध भएका खेलाडीहरु चिरपरिचित रहेका छन् । आज पौने ४ बजेदेखि सुरु भएको अक्सनमा अहिलेसम्म ११ जना अनुबन्ध भएको जनाईएको जसमा जनकपुर बोल्टसको लागि नयाँ खेलाडी सचिन भट्ट अनुबन्ध भएका छन् । 

 अक्सनमा चितवन राइनोजले देव खनाल र अर्जुन साउदलाई टोलीमा भित्र्याएको छ भने विराटनगर किङ्सले सूर्य तामाङ र साहिल पटेललाई अनुबन्ध गरेको छ। लुम्बिनी लायन्सले दिलिप नाथलाई टोलीमा समावेश गरेको छ।

सुदूरपश्चिम रोयल्सले हेमन्त धामी र टेकबहादुर रावतलाई किनेको छ भने काठमाडौं गोर्खाजले उत्तम थापा मगरलाई अनुबन्ध गरेको छ। पोखरा एभेन्जर्सले अभिषेक तिवारीलाई किनेको छ।

त्यस्तै, कर्णाली याक्सले पवन सर्राफलाई अनुबन्ध गरेको छ। अक्सनको क्रम अझै जारी छ र बाँकी खेलाडीका लागि प्रतिस्पर्धा चर्को हुने अनुमान गरिएको छ।

  • 95%
  • 3%
  • 2%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८२ श्रावण २५ शनिबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus