सन्दीप लामिछाने विश्वकप खेल्न वेस्टइण्डिज पुगे, फ्यानहरु उत्साहित
विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।

२०८१ जेठ २८ सोमबार, बिहान ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् ।
क्रिकेट एसोसिएसन अफ नेपाल (CAN)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।
विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।
आईसीसीको समन्वयमा लामिछाने वेष्टइण्डिज जान लागेको क्यानका सचिव खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले प्रतिश जिसीको स्थान लिने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…