शहीदकप टि–२० क्रिकेट जनकपुर : विराटनगर विजयी
अतिश कुमार मिश्र जनकपुरधाम, माघ २७ । दोस्रो शहीद कप टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आज बाट जनकपुरमा शुरु भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल निकट युवा संघले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन सहिद परिवारले गरेका छन । आयोजक समितिका संयोजक रुपेश कुमार सिंहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा शही

२०७४ माघ २७ शनिबार, बेलुकी ५:५५ बजे२ मिनेट पढाइ

अतिश कुमार मिश्र
जनकपुरधाम, माघ २७ । दोस्रो शहीद कप टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आज बाट जनकपुरमा शुरु भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल निकट युवा संघले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन सहिद परिवारले गरेका छन ।
आयोजक समितिका संयोजक रुपेश कुमार सिंहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा शहीद दिलिप यादवका बुवा राम नरेश यादव, शहीद नितु यादवका दाई रफ्फु यादव, शहीद संजय चौधरीका वहिनी ममता चौधरीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका छन ।
उद्घाटन समारोहमा महोत्तरी ४का सांसद डा। सुरेन्द्र यादव, प्रदेश सभा सदस्यहरु धनुषाका परमेश्वर साह, राम अशिष यादव, ज्ञानेन्द्र यादव, महोत्तरीका सुरिता साह, रानी शर्मा तिवारी, अभिराम शर्मा, जैनुल राइन सहितको उपस्थिति रहेको थियो ।
प्रथम विजेतालाई एक लाख ११ हजार नगद सहित ट्रफि रहेको उक्त प्रयोगितामा नेपाल भारतका ८ वटा टिम सहभागी रहेको छ । प्रतियोगितामा जनकपुर, जलेश्वर, विराट नगर, विरगंज, भैरहवा, काठमाण्डौ, भारतको मधुवनी र दरभंगा टिम सहभागी रहेका छन ।
आजको उदघाटन खेलमा आयोजक जनकपुरलाई २१ रनलाई हराउदै विराटनगर टिमले विजयी शुरुवात गरेका छन ।
टस हारेर व्याटिङ्ग गर्न मौका पाएको विराटनगरले सात विकेटको क्षतिमा १२३ रनको योगफल तैयार पारेका थिए ।
१२४ रनको विजयी लक्ष्य सहति मैदानमा उत्रेको जनकपुर टोली निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १०२ रनमात्र जोडन सकेपछि विराटनगरले सहज जित हाथ पारेको हो ।
जनकपुरका ओपन व्याट्स्म्यान अनिल मण्डल शुन्य रनमै आउट भएपनि जनकपुर टिम शुरु देखीनै दवावमा परेको थियो ।
जनकपुरका लागी समसाद शेखले ३७ बलमा २ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४८ रन जोडेका छन भने हरिशंकर साह १२ र राम नरेश गिरी ११ रन जोडेका छन । अन्य कुनै पनि व्याट्सम्यानले दोहरो अंक छुन सकेनन ्। विराटनगरका लागि सदब अख्तर ३ ,असरलन अख्तर २ र फिरोज अन्सारी १ विकेट लिएका छन ।
शुरुमा व्याटिग गरेको विराटनगरका लागि दिपेन्द्र चौधरी ५० , सुनिल धमला १७ , मिनास थापा १६ , रन जोडेका थिए । बलिङ्ग तर्फ जनकपुरका रामनरेश गिरी २, तथा दिव्यान्सु मल्लिक, सन्जोग कर्ण ,हरिशंकर साह समसद शेखले एक एक विकेट लिएका छन ।
भोलीको खेल विराटनगर र रिक्की एलेभन मधुवनी विहार, तथा जनकपुर र विरगंज विच हुने छ ।
समाचार श्रोत : विदेशखवर
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…