जिल्ला लीग फुटबलको फाइनल खेल आज हुँदै, धारापानी र जनकपुर भिडदै
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा जनकपुर स्पोर्ट्स क्लवले श्री उन्नतिशील युवा क्लव मुडिवालाई पराजित गर्दै फाइनलमा पुगेको छ भने पहिलो सेमिफाइनलमा यज्ञभुमी युवा समाज धारापानीले महाविर स्पोर्ट्स क्लव खजुरीलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

२०७८ पुस ११ आइतबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा जारी एन्फा जिल्लास्तरिय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम फाइनल खेल पौष ११ गते आज हुँदैछ ।
सो प्रतियोगिताको फाइनल खेल दिउँसो १ बजेदेखि सुरु हुने प्रतियोगिताजनकपुर स्पोर्टस क्लबका अध्यक्ष सुरेश शर्माले जानकारी दिए । सो खेल क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा हुनेछ ।
फाइनल खेलमा यज्ञभुमी युवा समाज धारापानी र जनकपुर स्पोर्ट्स क्लवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा जनकपुर स्पोर्ट्स क्लवले श्री उन्नतिशील युवा क्लव मुडिवालाई पराजित गर्दै फाइनलमा पुगेको छ भने पहिलो सेमिफाइनलमा यज्ञभुमी युवा समाज धारापानीले महाविर स्पोर्ट्स क्लव खजुरीलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
धनुषा जिल्ला फुटबल संघको आयोजनामा मंसिर २५ गते शनिवारदेखि सो प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगितामा जिल्लाभरिका जम्मा १० वटा फुटबल टिमको सहभागिता रहेको जनकपुर स्पोर्टस क्लबका अध्यक्ष सुरेश शर्माले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…