कमला नगरपालिकामा कमला क्रिकेट लिग हुँदै, आजदेखि टीम दर्ता सुरु
प्रथम बिजेतालाई ठुलो कपसहित मेडल, २५ हजार रुपैयाँको नगद पुरस्कार तथा दोस्रो हुनेलाई १० हजार नगद, कप र मेडलको व्यवस्था गरिएको छ । म्याचमा म्यान अफ दी म्याच, म्यान अफ दी लिग, बेस्ट स्पीनर, बेस्ट योरर्कर, वेस्ट बलर र बेस्ट ब्याटरलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक युवा सँजालका अध्यक्ष बिमलेश यादवले जानकारी दिए । नरहा युवा क्लबले समेत सो टुर्नामेन्टमा सहयोग गर्ने भएको छ । यस्तै विभिन्न कम्पनीहरुको सहयोगमा आउँदो असार २० गतेदेखि म्याच सुरु हुने जनाइएको छ ।

२०८२ असार १५ आइतबार, बिहान ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा कमला क्रिकेट लिग क्रिकेट टुर्नामेन्ट सुरु हुने भएको छ ।
कमला नगरपालिका वडा नम्बर ९ दुबरकोटस्थित सँचालन हुने खेलमा १० वटा टीम सहभागी हुने जनाइएको छ । कमला नगरपालिकाको समन्वय, कमला युवा सँजालको आयोजन र दाताहरुको प्रत्यक्ष समन्वयमा सो क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।
प्रथम बिजेतालाई ठुलो कपसहित मेडल, २५ हजार रुपैयाँको नगद पुरस्कार तथा दोस्रो हुनेलाई १० हजार नगद, कप र मेडलको व्यवस्था गरिएको छ । म्याचमा म्यान अफ दी म्याच, म्यान अफ दी लिग, बेस्ट स्पीनर, बेस्ट योरर्कर, वेस्ट बलर र बेस्ट ब्याटरलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक युवा सँजालका अध्यक्ष बिमलेश यादवले जानकारी दिए ।
नरहा युवा क्लबले समेत सो टुर्नामेन्टमा सहयोग गर्ने भएको छ । यस्तै विभिन्न कम्पनीहरुको सहयोगमा आउँदो असार २० गतेदेखि म्याच सुरु हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…