हँसपुरको प्रथम मेयरकप भलिबलमा बेल्ही टिमको कब्जा
कार्यक्रमको अध्यक्षता हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अध्यक्षता तथा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका थिए ।

२०७७ पुस २२ बुधबार, दिउँसो १२:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका प्रथम मेयर कप खुल्ला भलिबल पुरुष प्रतियोगितामा साईत नेपालद्धारा संचालित बेल्ही टिमले फाईनल म्याच जीतेका छन् ।
खुल्ला भलिबल प्रतियोगितामा सहभागी १९ वटा टीमले गरेको प्रतिष्पर्धाको क्रममा बेल्ही टिमले जीत हात पारेको हो । प्रथम विजेता टीमलाई शिल्ड, प्रमाणपत्र तथा नगद ७५ हजारको पुरस्कार वितरण गरिएको छ । दोस्रो विजेतालाई शिल्ड प्रमाणपत्र तथा नगद ४१ हजार र तेस्रो विजेतालाई शिल्ड, प्रमाणपत्र तथा नगद २१ हजार रुपैया प्रदान गरिएको छ ।
कार्यक्रमको अध्यक्षता हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अध्यक्षता तथा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका थिए ।

प्रथम विजेता बेल्ही टीम भएका थिए भने दोस्रो विजेता टीम सिरसिया र तेस्रो विजेता टीम पर्साही भएका थिए । सहभागी खेलाडीहरुलाई मेयर मण्डलले अबिर लगाउँदै गम्छा ओढाएर सम्मान समेत गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने, ‘खेलकुदको विकासका र खेलाडीहरुको प्रोत्साहित गर्नका लागि एकेडमीहरु खुलेको र खुल्ने क्रम जारी छ । सबभन्दा बढी खुशी त्यो दिन हुने जब प्रदेश २ का खेलाडीहरु इन्टरनेशनल स्तरमा सहभागी हुन्छ ।’भाइटल गेममा प्रदेश २ का खेलाडीहरु सहभागी भएमा आफू यस प्रदेशमा पनि खेलाडीहरु छन् बुझ्ने मन्त्री यादवले भने, ‘प्रदेश सरकार खेलकुदका लागि छुटै बजेट ल्याउनेछ । सहभागी सबैलाई बधाई दिए ।
अध्यक्षता गर्दै मेयर मण्डलले भने, वास्तवमा युवाहरु माझमा यस खेलबाट हौसला ,सकारात्मक सन्देस गएको बिशवास राखे युवा सोचमा विकास र कुलुत जस्ता गलत कुराहरु बाट दुरी हुने साथै नगरपालिकाबाट गर्नेकाम युवालागि हरसम्भव गर्ने तयार रहने,साथै यथा शिघ्र खेलकुद मैदान निर्माण गरिनेछ ।
खेल समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम लोचन मण्डल,लेखा अधिकृत नेत्र लुगेंली, भलिबल रास्टीय प्रशिक्षक भरत यादव,श्री प्रसाद यादव, जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, सोही वडाका वडाध्यक्षहरु लगायतका सहभागिता रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…