धनुषाधाममा प्रदेशस्तरीय मेयरकप फुटबल आजदेखि सुरु, ८ ओटै जिल्लाका टिम सहभागी
खेलमा प्रथम टिमलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद तथा दोस्रो हुनेलाई ५५ हजार ५५५ पुरुस्कार राखिएको छ । खेल धनुष जनता उच्च माध्यमिक बिधालय धनुषाधाममा जारी रहेको छ ।

२०७७ पुस २२ बुधबार, राति ९:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाममा प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगिता आज (बुधबार) देखि सुरु भएको छ ।
१ लाख रुपैयाँ बढी नगद पुरस्कार राखिएको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आज प्रथम खेल खेलाइएको हो । धनुषाधाम स्थितको धनुष शान्ती समाज क्लबका अध्यक्ष लक्ष्मि साहको अध्यक्षता तथा नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा उदघाटन गरिएको हो ।
मेयरकपको उदघाटन गर्दै मेयर मण्डलले खेल मानव जिवनमा औषधीको रुपमा काम गरिरहेको जीकिर गरे । उनले खेल कुनै दैनिक व्यायाम भन्दा कम नरहेको बताए । खेलबाट नगर, प्रदेश, देश चिनाउने समेत भएको जनाउँदै खेलाडीहरुको प्रोत्साहन अनिवार्य रहेको उल्लेख गरे ।

उनले प्रदेशमै आयोजना गरिने विभिन्न मेयरकपमा धनुषाधाम नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा भारी धनराशी रहेको जनाउँदै खेल उत्साहपूर्वक हुनेमा विश्वास जनाए । खेलको लागि प्रदेश २ को ८ वटै जिल्लाबाट सहभागीहरु आएका छन् ।
खेलको उदघाटन कार्यक्रममा बिशिष्ट अतिथिको आसनबाट बोल्दै धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराज काकिर्ले स्वागत मन्तवय राख्दै प्रतियोगिता बाट समाजिक सदभाव जोडिने जिकिर गरे ।
उनले खेलबाट अनुसाशनको अभिवृद्धि हुने बताउँदै अनुशासित र मर्यादित बसेर खेल्न खेलाडिहरुलाई आग्रह गरे ।

बुधबार भएको उदघाटन आर.आर.एफ.सी मकवानपुर र युनिटि युथ क्लब बिरगंज पर्साबीचको खेलमा वीरगँज०–१ ले विजयी हात पारेको हो । पहिलो खेलमा बिरगंज पहिलो खेल जितेका छन । १ गोलले दुबै खेलाडि प्रतिस्पर्धात्मक खेलेका थिए ।
खेलमा प्रथम टिमलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद तथा दोस्रो हुनेलाई ५५ हजार ५५५ पुरुस्कार राखिएको छ । खेल धनुष जनता उच्च माध्यमिक बिधालय धनुषाधाममा जारी रहेको छ ।
खेलको क्रममा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिनेछ भने विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लोकर लगायतका विद्यामा पुरस्कार दिनेछ्न समेत जानकारी गराए ।
कार्यक्रममा बिशिष्ट अतिथि नगर उपप्रमुख बिध्या देवि भुजेल,वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु फुटबल संघका पदाधिकारीहरु लगायत स्थानिय ब्यपारी,समाजसेवीको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…