ब्यूरो-रिपोर्टरआरसीसी ढलानको गुणस्तरबारे प्रश्न उठाउँदा पत्रकारमाथि आक्रमण
कर्जनहा नगरपालिकाको मरेवा बजारदेखि खोला टोलसम्म भइरहेको आरसीसी ढलान कार्य गुणस्तरहीन भएको जनगुनासोपछि स्थलगत रिपोर्टिङ गर्न पुगेका रेडियो धनुषाधामका पत्रकार गोबिन्द यादवमाथि आक्रमण भएको छ। निर्माण कार्यबारे वडा अध्यक्षसँग प्रतिक्रिया लिन खोज्ने क्रममा वडा नं. ७ का वडा अध्यक्ष रामसेवक यादवका छोराले फाइटर प्रहार गरेको आरोप लागेको छ। आक्रमणबाट पत्रकार यादवको टाउकोमा गम्भीर चोट लागी तीन वटा टाँका लगाइएको छ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











