धनुषाः सबैलाको ईनारमा एक युवकको लास फेला, हत्याको आशंका
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, मृतकको पहिचान खुलेको छैनन् । यसबारे अनुसन्धान थालिएको तथा पोष्टमार्टमको रिपोर्टपछि थप विवरण आउने छ ।

२०८३ कार्तिक ४ बुधबार, बेलुकी ५:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैलास्थित एक युवकको लास फेला परेको छ । सबैला नगरपालिका वडा नं. ३ मखनाहास्थित रहेको एक ईनारमा युवकको लास फेला परेको हो ।
मखनाहास्थित आज विहानै स्थानीयले ईनारमा युवकको लास देखेपछि प्रहरीलाई खवर गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको मुचुल्का टोली पुगेर लासलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पुरयाएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, मृतकको पहिचान खुलेको छैनन् । यसबारे अनुसन्धान थालिएको तथा पोष्टमार्टमको रिपोर्टपछि थप विवरण आउने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…