जनकपुरधाम: एक घरमा आगलागी हुँदा पूर्व शिक्षकको जलेर मृत्यु, नातिनीले भागेर जोगाइन ज्यान

२०८३ असोज ४ आइतबार
बिहान ०८:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकमा एक घरमा अचानक आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ ।

आगलागीमा परी मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी ७० वर्षीय किशोरी सहनी रहेका छन् ।

आगलागीका बेला सहनीसँगै रहेकी उनकी नातिनी भने भागेर ज्यान जोगाउन सफल भएकी छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

घटनापछि प्रहरी तथा दमकल टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा समेत क्षति पुगेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 67%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus