नक्कली सर्टिफिकेट पेस गरी सरकारी सेवामा नोकरी, सामाजिक परिचालक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ असोज ११ आइतबार
बिहान ०९:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा नियुक्ति लिने क्रममा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटना, भारतबाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।

उक्त प्रमाणपत्रकै आधारमा नियुक्ति लिएर यादव हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही ओहोदा, लाभ तथा सुविधासमेत प्राप्त गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ।

यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानविनका लागि परेको उजुरीमाथि अनुसन्धान गर्दा आरोप पुष्टि भएको अख्तियारको निष्कर्ष छ।

आयोगले यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको जनाएको छ।

सोही आधारमा यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवाना सजाय हुन मागदाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सामाजिक सञ्जालमा धमाधम बन्न थाले मेयर र वडाध्यक्ष, फेसबुकमै निर्वाचित !

  • २०८३ असोज ११ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । यदि फागुनमै हुन्छ भने अझै स्थानीय तहको निर्वाचन आउन अझै करिब ६ महिना बाँकी छ। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्न त परै जाओस्, धेरै ठाउँमा दलहरूले

पूरा पढ्नुहोस्

Bureau Menus