मधेश प्रदेशकै उत्कृष्ट प्रहरी बने जनकपुरका ईन्सपेक्टर साह
अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा उनले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै प्रदेशस्तरमा उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको जनाइएको छ ।

२०८३ असोज ३१ शनिबार, बिहान ११:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरप्रसाद साह मधेश प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा पुर्याएको योगदानको कदर गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले साहलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक साहलाई उक्त सम्मान प्रदान गरिएको हो । उनी जिल्ला प्रहरी कार्यालय महोत्तरीको अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा शाखामा कार्यरत छन् ।
अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा उनले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै प्रदेशस्तरमा उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…