बलवा नगरपालिकाको मेयरमा युवा नेता सुनिल सुमनको चर्चा
उनको सम्भावित उम्मेदवारीले नगरपालिकाको आगामी चुनावी समीकरणमा नयाँ बहस सिर्जना गर्न सक्ने देखिन्छ।

२०८३ कार्तिक १८ बुधबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जलेश्वर । बलवा नगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता सुनिल सुमन मेयर पदका सम्भावित बलिया आकांक्षीका रूपमा चर्चामा आउन थालेका छन्।
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद महेन्द्र यादव (मधुकर) का भतिजा रहेका सुमन राजनीतिक पृष्ठभूमिसँगै संगठनात्मक सक्रियताका कारण स्थानीय राजनीतिमा आफ्नो पहिचान बनाउँदै आएका छन्। उनी पूर्ववडाध्यक्ष योगेन्द्र प्रसाद यादवका पनि भतिजा हुन्।
नेपाल विद्यार्थी संघ महोत्तरीको जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका उनले जिल्ला सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। हाल उनी नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष छन्।
नेपाली कांग्रेसका विभिन्न निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सुमन युवामाझ लोकप्रियता बढाउँदै संगठन विस्तारमा समेत क्रियाशील छन्।
युवा ऊर्जा, संगठनात्मक अनुभव र राजनीतिक पृष्ठभूमिलाई आधार बनाउँदै उनी बलवा नगरपालिकाको नेतृत्व गर्ने आकांक्षासहित अघि बढेको चर्चा छ।
उनको सम्भावित उम्मेदवारीले नगरपालिकाको आगामी चुनावी समीकरणमा नयाँ बहस सिर्जना गर्न सक्ने देखिन्छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…