नक्सा पास गरिदिने भन्दै १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ

२०८३ असोज २१ बुधबार
बिहान ०८:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर डिकेश यादव १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई मंगलबार साँझ सेवाग्राहीबाट १ लाख रुपैयाँ रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

यादव मलंगवा नगरपालिकाको प्राविधिक शाखामा कार्यरत रहेको जनाइएको छ । स्रोतका अनुसार उनले सेवाग्राहीको घरको नक्सा पास गरिदिने भन्दै १ लाख रुपैयाँ रकम मागेको सूचना अख्तियारमा पुगेको थियो ।

उक्त सूचनाका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोली मलंगवा नगरपालिका पुगेको थियो । टोलीले यादवलाई सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको र उनको साथबाट १ लाख रुपैयाँ बरामद गरेको जनाइएको छ ।

यादवलाई नियन्त्रणमा लिएपछि अख्तियारको टोलीले घटनासँग सम्बन्धित कागजात तथा अन्य प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको छ । यादव पक्राउ परेको सर्लाहीका एसपी समेतले जानकारी आएको बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

१५ मिनेटसम्म सास रोकेर बसे विद्युत जामवाल, ‘मास्टर’ भन्दै फ्यानले गरे प्रशंसा

  • २०८३ असोज २१ बुधबार

न्यूज ब्यूरो । बलिउड अभिनेता तथा मार्सल आर्टिस्ट विद्युत जामवालले मुम्बईमा आयोजित ‘स्ट्रिट फाइटर’को एक कार्यक्रममा गरेको अनौठो प्रदर्शन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । कार्यक्रममा जामवाल ध्यान मुद्रामा बसेर करिब

पूरा पढ्नुहोस्

Bureau Menus