राजदेवीमा बोकाबलीको लागि रसिद काटन सुरु, यसपाली दुई दिन अष्टमी तिथि, खोईच भराई कहिले ?
राजदेवी मन्दिरमा कार्तिक १ गते हजारौँ बोकाको बलि दिइने छ ।

२०८३ असोज २८ बुधबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजा जनककी कुल देवी मानिने जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबलीको लागि रसिद काटन सुरु भएको छ ।
आयोजक महावीर युवा कमिटिका सचिव प्रदीप कुमार साहका अनुसार, बोकाबलीको लागि दशैँको दोस्रो दिनदेखि नै रामदेवी मन्दिर प्राँगमनमै यसपाली टेबुल लगाएर रसिद काटन सुरु गरिएको छ । बोकाको टाउको वापत प्रति टाउको रु. ३०० कामय गरिएको साहले जानकारी दिए ।
यसपाली राजदेवी मन्दिरमा १५ हजारको हाराहारीमा बोकाबली प्रदान हुने आँकलन गरिएको छ । बोकाबलीलाई जीवाधर्मीहरुले विरोध जनाउँदै आएका छन् । बोकाबलीको साटो प्रसाद चढाउन अपिल गर्दै आएका छन् ।
यसपाली दुई दिन अष्टमी
यस बर्ष दशैँमा दुई दिन अष्टमी तिथि भएकोले शुक्रबार राती १२ बजेपछि नै खोईच भराई कार्यक्रम सुरु हुने सचिव साहले बताए । शुक्रबार राती १२ बजेपछि तिथि अनुसार सप्तमी तिथि चढने भएकोले शुक्रबार राती १२ बजेदेखि सुरु हुनेछ । खोईच भराई कार्यक्रम शनिबार दिउँसो ३ बजेसम्म चल्ने र त्यसपछि मन्दिर धुवाई, सफाई हुने उनले बताए । सप्तमीकै राती १२ बजे (अष्टमी तिथि, कार्तिक १ गते) देखि प्रसाद चढाई समेत सुरु हुने जनाईएको छ ।
यसपाली महाअष्टमी तिथि कार्तिक १ गते परेको छ । कार्तिक १ गते कालरात्री हुनेछ । राजदेवी मन्दिरमा कार्तिक १ गते हजारौँ बोकाको बलि दिइने छ । कार्तिक २ गते पनि अष्टमी परेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…