गाउँ / समाजसिरहाको मिर्चैयास्थित होटेलमा वेश्यावृति, जेम्स स्कूलका सँचालकसहित ६ जना पक्राउ
विहिबार नै मिर्चैयास्थि रहेको थप एक होटेलमा गरिएको छापामारीको क्रममा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सो क्रममा सिरहा नगरपालिका वडा नं. १ स्थित सँचालनमा रहेको जेम्स स्कूलका सँचालक विकास कुमार साहसहित सर्लाही, बारा, धनुषा, सिरहाका महिलाहरु समेत पक्राउ परेकी हुन् । मिर्चैया प्रहरीले उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । होटलहरूमा निगरानी बढाएको भन्दै गलत गतिविधिमा संलग्न रहेकाहरूलाई कानुनी कारवाही हुने पनि उनले जनाए ।
२ वर्ष अगाडि · गाउँ / समाज











