रौतहटमा एक युवतीलाई प्रहरी असईले नै बलात्कार गरेको आरोप लागेपछि...
पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि असई साहलाई पक्राउ गरिएको हो ।

२०७६ साउन ३ शुक्रबार, दिउँसो ४:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । बलात्कारको आरोपमा रौतहटमा एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई जवर्जस्ती करणीको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।
पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि असई साहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख (डिएसपी) कवित कट्वालले जनाए ।
बारा जिल्ला महागढीमाई नगरपालिका घर भएका प्रहरी सहायक निरीक्षक साहमाथि गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा एक २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ ।
पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जवर्जस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…