खेसारी लाल यादवको नयाँ गीत समाजिक सँजालमा धुम मच्चाउँदै
न्यूज ब्यूरो, भारत । भोजपुरी फिल्मका अभिनेता एवम् गायक समेत रहेका खेसारी लाल यादव केही दिनदेखि सोसल मिडियामा छाएको छ । Khesari Lal Yadav New Bhojpuri Song, Subah Love Ho Gaya Sanjhe Sab Ho Gaya यो सीजनमा होलीको गीतलाई लिएर इन्टरनेटमा नयाँ रेकर्ड बनाएको खेसारी लाल यादवको अर्को गीत पनि हिट हुने क्रम ज

२०७७ चैत २१ शनिबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भोजपुरी फिल्मका अभिनेता एवम् गायक समेत रहेका खेसारी लाल यादव केही दिनदेखि सोसल मिडियामा छाएको छ । Khesari Lal Yadav New Bhojpuri Song, Subah Love Ho Gaya Sanjhe Sab Ho Gaya
यो सीजनमा होलीको गीतलाई लिएर इन्टरनेटमा नयाँ रेकर्ड बनाएको खेसारी लाल यादवको अर्को गीत पनि हिट हुने क्रम जारी छ ।
खेसारीलाल यादवको नयाँ गीत “सुबह लव हो गया सांझे सब हो गया” (Subah Love Ho Gaya Sanjhe Sab Ho Gaya) यु–ट्यूबमा धमाल मच्चाइरहेको छ । यसअघि मात्र युटुबमा रिलिज गरिएको अहिले समाजिक सँजालमा पनि भाइरल बनेको छ ।
यो भोजपुरी गीतलाई खेसारी लाल यादव र खुशबु तिबारीले मिलेर गाएका हुन् । गानामा ओम झाले म्यूजिक दिएका छन् भने श्याम देहातीले गीत लेखेका छन् । यो गानालाई खेसारी लाल यादव र आयुषी तिवारीमाथि फिल्माइएको छ । गीतमा एक सानो रयाप छ जो की खेसारी लाल यादवले गाएका हुन् ।
आयुषी तिवारी र खेसारी लाल यादव (Khesari Lal Yadav) को कैमिस्ट्रीलाई दर्शकले विशेष मन पराएको देखिएको छ । यो गीतलाई करिब २४ लाख भिउज मिलेको छ । एसआरके म्यूजिकको बैनरमुनि रिलीज भएको भोजपुरी गानालाई दर्शकले मन पराएको छ ।
गानाको भिडियोमा खेसारी लाल यादव र आयुषीले जबदरस्त डान्स गरेको छ । दुवै जनाको जोडीको रोमान्स सोशल मिडियामा धुम मच्चाइरहेको छ ।
यसअघि फेरबरीमा रिलिज गरिएको दुई रुपया बोलको होलीको गीतलाई २ महिनामै १३ करोड बढी पटक युबुटमा हेरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…