धनुषाका साहलाई मलेसियामा मृत्यूदण्डको फैसला
मलेसियामा यसअघि पनि विभिन्न मितिमा ६ जना नेपालीलाई मृत्युदण्डको फैसला सुनाइसकेको छ ।

२०७७ भदौ २३ मंगलबार, बिहान ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक युवकलाई मलेसियामा मृत्यूदण्डको फैसला सुनाएको छ । धनुषाको धनुषा गोविन्दपुर बस्ने सुरजदेव साह तेलीलाई मृत्यूदण्डको फैसला सुनाएको हो ।
एक मलेसियन नागरिककै हत्या अभियोगमा पक्राउ गरिएको ३६ वर्षीय साहलाई मलेसियाको उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला गरेको हो ।
गत १७ अगस्तमा उनलाई मलेसियाको उच्च अदालतले मृत्यूदण्ड दिने फैसला सुनाएको हो । मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४ वर्षीय आर हारिधासलाई घरमै हत्या गरेको ठहर गर्दै उच्च अदालतले सो फैसला सुनाएको मलेसिया स्थितको नेपाली राजदुतावासले जनाएको छ । यता, दुतावासले साहको जीवन रक्षाको लागि पुत्राजयस्थित पुनरावेदन अदालतलमा पुनरावेदन गरिसकेको दाबी गरिएको छ ।
हारिधासको २ डिसेम्बर २०१६ को बिहान साढे २ बजे हत्या भएको थियो । उनी लरी ट्रकका डाइभर थिए । तेली हारिधासकी श्रीमतीका प्रेमी थिए । प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीको रुपमा अदालतमा पेस गरेका थिए ।
सन् २००६ मा मलेसिया पुगेका तेली ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकको रुपमा काम गर्थे । मलेसियामा यसअघि पनि विभिन्न मितिमा ६ जना नेपालीलाई मृत्युदण्डको फैसला सुनाइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…