जनकपुरः आफ्नै आमालाई छोराले घाँटी थिचेर मारे
लागुऔषधको जालोमा फँसेका यी समाजका युवाहरुको यस्तो हर्कतले अभिभावकमा त्रास फैलिएको छ । यद्यपी, प्रहरीले लागुऔषध नियन्त्रणको लागि प्रयास मात्र जारी राखेका छन् ।

२०७९ भदौ ३१ शुक्रबार, दिउँसो १२:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भनिन्छन, “अब घोर कलियुग आयो” यस्तै भएको छ मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित ।
धनुषा जिल्लाको सबैला नगरपालिकास्थित आफ्नै छोराले आमालाई घाँटी थिचेर हत्या गरेको घटना बाहिरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं ५ मखनहा स्थित रामसेवक मण्डल खत्बेको छोरा वर्ष २३ का मनोज मण्डल खत्बेले आफनै आमा सिकलिया देविलाई घाँटी थिचेर मारिदिएका छन् ।
२ ओटा छोरा २ छोरी रहेको सिकलिया देवीलाई उनको आफ्नै छोराले घाँटी थिचेर मारिदिएको स्थानीयहरुले जनाएका छन् ।
गएराती पौने १ बजेको समयमा लागूऔषध (ड्रग्स) प्रयोग गरेर अफ्नै आमालाई मारेको घटना स्थानीयहरुले थाहा पाएपछि स्थानीय प्रहरीलाई जानकारी गराएको थियो ।
मनोजले आमालाई मारेर घरको छतमा राखिदिएका थिए । मृतक आमालाई घरको छतमा राखेर आफू रातभरि मस्त निन्द्रामा घरमा सुतेको बयान दिएका छन् ।
जानकारी अनुसार, गएराती बर्षा पर्ने भएपछि मनोजका बुवा रामसेवक मण्डलले सिकलिया देवीलाई उठाउन गएका थिए । उठाउन जाँदा नउठेपछि छिमेकीलाई बोलाएको थियो ।
समयमै गएको प्रहरीले आरोपित मनोजलाई नियन्त्रणमा लिएको छ । सबैला प्रहरीबाट खटि गएको प्रहरी टोलीले मनोजलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको हो ।
लागुऔषधको जालोमा फँसेका यी समाजका युवाहरुको यस्तो हर्कतले अभिभावकमा त्रास फैलिएको छ । यद्यपी, प्रहरीले लागुऔषध नियन्त्रणको लागि प्रयास मात्र जारी राखेका छन् ।
मृतको शवलाई पोष्टमार्टमको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…