जनकपुरमा राउत उपर छुरा प्रहार !
केही दिन अघि मात्र जनकपुरका एक अस्पताल सँचालकलाई सर्वसाधारण ठगेको भन्दै युवा नेता राउतले थप्पड हिर्काएका थिए ।

२०७६ साउन १४ मंगलबार, राति ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भर्खरै केही बेर अगाडी जनकपुरमा एक युवा नेता उपर छुरा प्रहार गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ वकिल टोल स्थित अज्ञात व्यक्तिले नेपाल जनता दलका धनुषा जिल्ला अध्यक्ष एवम् युवा नेता मुन्जय राउत उपर छुरा प्रहार गरिएको हो । मोटरसाईकलमा आएका दुई अज्ञात व्यक्ति राउत उपर छुरा प्रहार गरी फरार भएको पीडित राउतले बताएका छन् । उनलाई अहिले उपचारको लागि जनकपुर स्थित काव्य हस्पिटलमा लगिएको छ ।
जनकपुरको वकिल टोलमा पल्सर मोटरसाईकल चढेर आएका दुई अज्ञात व्यक्तिले धमाधम छुरा प्रहार गर्दै फरार भएको पीडित राउतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले न्यूज ब्यूरोलाई बताए । उनका अनुसार, अहिले पीडितले दिएको बयानको आधारमा अज्ञात व्यक्तिले छुरा प्रहार गरेको छ, उनीहरुको खोजी कार्य तीव्र पारिएको छ ।
बाटोमा हिडदै गरेको बेला बेलुकी करिब ८ः४५ बजेको समयमा उनी उपर छुरा प्रहार भएको जनाइएको छ । उनलाई प्युठ र कोखामा छुरा प्रहार गरिएको हो । उनको उपचार जनकपुर स्थित काव्य हस्पिटलमा भईरहेको छ । गत साता मात्र उनको नेतृत्वमा जनता दलको लागि नयाँ कार्य समिति गठन भएको थियो । यस घटना बारे प्रहरीले अनुसन्धान थालेको हो ।
केही दिन अघि मात्र जनकपुरका एक अस्पताल सँचालकलाई सर्वसाधारण ठगेको भन्दै युवा नेता राउतले थप्पड हिर्काएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…