देश कालसिरहा कारागार पुनः तनावमा, कारागार कब्जा गर्ने प्रयास गरेपछि २२ कैदी पक्राउ
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न प्रहरीले कारागारमा बिहानै ‘अप्रेसन’ चलाएको जानकारी दिए। उनले घटनाबारे स्पष्ट पार्दै भने, ‘कारागारभित्र केही कैदीबन्दीले आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिने उद्देश्यले चौकीदारलाई निष्कासनको प्रयास गरेपछि सुरक्षा चुनौती बढेको थियो। थप झडप हुन नदिन हामीले २२ जनालाई नियन्त्रणमा लिएका छौँ। उनीहरूलाई आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी अन्य कारागारमा स्थानान्तरणको तयारी भइरहेको छ।’
५ महिना अगाडि · देश काल











