न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन मलंगवास्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेपछि उनलाई सुरक्षित रूपमा तल झार्ने प्रयास जारी रहेको छ।
जिल्ला सदरमुकाम मलंगवामा रहेको नेपाल टेलिकमको टावरको सबैभन्दा माथिल्लो भागमा पुगेका हुसैनलाई उद्धार गर्न नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकाय परिचालन भएका छन्। घटनास्थलमा ठूलो संख्यामा सर्वसाधारणको समेत भीड लागेको छ।
प्रारम्भिक जानकारीअनुसार हुसैन सर्लाही क्याम्पस, मलंगवामा बीबीएस तहमा अध्ययनरत विद्यार्थी हुन्।
उनी किन टावरमा चढेका हुन् भन्ने कारण भने हालसम्म खुलेको छैन। प्रहरीले उनीसँग संवाद गरी सुरक्षित रूपमा तल झार्ने प्रयास गरिरहेको जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। उद्धार कार्य जारी रहेकाले अवस्था परिवर्तन हुन सक्ने भएकाले आधिकारिक जानकारी प्राप्त हुनासाथ समाचार अद्यावधिक गरिनेछ।
'सीता मातामाथि पनि चरित्र हत्या भयो, म खराब होइन, लुकेर बस्दिनँः टिकटोकिया किरण साह
- २०८३ श्रावण ३ आइतबार
न्यूज ब्यूरो, वीरगँज । पर्सा वीरगँजकी चर्चित टिकटोकिया किरण साहले आफू खराब नभएको दाबी गरेकी छन् । उनले प्यार गर्नु खराब नरहेको भन्दै आफू खराब नभएको प्रतिक्रिया दिएकी हुन् । काठमान्डौँको
पूरा पढ्नुहोस्




