राराब कलेजमा LLB. : भोली विहिबारसम्म मात्र फाराम भर्ने अन्तिम समय, २९ गते प्रवेश परीक्षा हुने
भोली जेठ ७ गते विहिबार राती १२ः०० बजेसम्म फाराम भर्ने अन्तिम समय रहेको छ । यद्यपी, दोब्बर दस्तुरमा एक साताको समय अर्थात जेठ १४ गते राती १२ः०० बजेसम्मका लागि रहने भएको छ । जसको लागि प्रवेश परीक्षा हेतु ३४०० रुपैयाँ लाग्ने राराब कलेजका क्याम्पस प्रमुख बसन्त लाल कर्णले जानकारी दिए ।

२०८३ जेठ ६ बुधबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब कलेजमा सँचालन हुन लागेको एलएलबी कोर्सको लागि भोली रातीसम्म मात्रै अन्तिम समय रहेको छ ।
राराब कलेज प्रशासनका अनुसार कलेजमा ३०० सिट छुटयाइएकोमा अहिलेसम्म सयौँ बढी उम्मेदवारहरुले फाराम भरिकेका छन् भने आज र भोली अधिक सँख्यामा फाराम भर्ने अनुमान रहेको छ ।
अन्तिम समयमा गएर मात्र फाराम भर्ने परम्परा भएपनि राराब कलेजमा एलएलबीको लागि अपेक्षाभन्दा अधिक विद्यार्थीहरुले फाराम भएको त्रिवि केन्द्रीय कार्यालयलाई हावाला दिँदै प्रशासनले जनाएको छ ।
भोली जेठ ७ गते विहिबार राती १२ः०० बजेसम्म फाराम भर्ने अन्तिम समय रहेको छ । यद्यपी, दोब्बर दस्तुरमा एक साताको समय अर्थात जेठ १४ गते राती १२ः०० बजेसम्मका लागि रहने भएको छ । जसको लागि प्रवेश परीक्षा हेतु ३४०० रुपैयाँ लाग्ने राराब कलेजका क्याम्पस प्रमुख बसन्त लाल कर्णले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…